भक्तपुरमा नव निर्वाचित स्ववियु अध्यक्षमाथि आक्रमण
Untitled Design 2025 04 06t103903.652 G8hfnh1ods

April 6, 2025, Jyotishsanchar press

गएराति अनेरास्ववियु (क्रान्तिकारी)का एक नेतामाथि भक्तपुरमा आक्रमण भएको छ। 

आक्रमणबाट सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्र सिंह ठगुन्ना घाइते भएका छन्। 

माओवादी केन्द्रका युवा नेता रमेश मल्लले विद्यार्थी नेता ठगुन्नामाथि गएराति सांघातिक आक्रमण भएको भन्दै घटनाको निन्दा गरेका छन्। 

तर, उनले आक्रमणको काराण र आक्रमणकारीको पहिचान भने खुलाएका छैनन्। 

‘घाइते नरेन्द्र सिंह ठगुन्नाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणकारीलाई सख्त कारबाहीको माग गर्दछु,’ मल्लले सामाजिक सञ्जालमा लेखेका छन्। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको