श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर आज रामनवमी पर्व  मनाउदै
Download204 Ku1f7ohrbo 6iqrqtmqypxrba15jqylxorlqojwnujnk1gvws40svw80frdwic5gxfzuthb 0fsqqs4bnx Hy7hcceiry08rndfai4ajhn46njypkml5zcpri3ph2i2wktvnqlcg3cugioq

April 6, 2025, Jyotishsanchar press

काठमाडौ। आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । रामनवमी पर्वको महत्व रामजस्तै मर्यादित, अनुशासित र राज्य सञ्चालकको कौशलतासँग जोडिएको छ रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ । मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा भक्तजनको घुइँचो छ । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्छ । यो मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजा गर्छन् । रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको