बुधबार पनि ओरालो लाग्यो सेयरबजार, साढे ७ अर्बको किनबेच
Download 2025 04 20t154351.322

April 23, 2025, Jyotishsanchar press

सेयरबजार बुधबार ३२.३८ अंकले घटेको छ। बजार परिसूचक नेप्से उक्त अंकले घटेर २६५५.९४ विन्दुमा पुगेको हो। 

नेप्से घटेको दिन ७ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

यस दिन १ करोड ८४ लाख कित्ता सेयर बिक्री भएका थिए। 

नेप्सेका अनुसार २८ वटा सेयरको मात्र मूल्य बढेको दिन २१७ वटा सेयरको मूल्य घट्न पुगेको छ भने एउटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर समान ९.९९ प्रतिशतले बढ्दा सेयरधनीले कमाएका छन्। त्यसैगरी राधी जलविद्युत्को सेयर ४.३३ प्रतिशतले र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको सेयर २.७० प्रतिशतले बढेको छ। 

बुधबारको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर भने ९.०६ प्रतिशतले घटेको छ। यसबाहेक मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर ५.७४ अंकले घट्दा सानिमा माई हाइड्रो ४.७६ प्रतिशत, सिन्धु विकास बैंक ४.४३ प्रतिशतले घटेको छ। 

आज सबैभन्दा धेरै राधी जलविद्युतको ५८ करोडको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५१ करोडको र ङादी ग्रुप पावरको ४१ करोडको सेयर कारोबार भएको छ। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको