
April 24, 2025, Jyotishsanchar press
सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेको छ।
२ लाख रुपैयाँ नजिक पुगेर घटेको सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेपछि फेरि १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय सुनको मूल्य विश्वबजारमा बढ्दै आएको छ।
आज विश्वबजारमा सुन ३३३२.२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भइरहेको एजेन्सीहरुले उल्लेख गरेका छन्। त्यसैगरी चाँदी ३३.४२ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको छ।

