पहिलो कारोबार दिन बढ्यो बजार, झण्डै ११ अर्बको किनबेच
Download 2025 04 20t154351.322

April 27, 2025, Jyotishsanchar press

सेयरबजार परिसूचक नेप्से आज ३.५८ अंकले बढेर २६६१.६० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ०.१३ प्रतिशतले बढेको बजारमा झण्डै ११ अर्बको कारोबार भएको छ।

कुल २ करोड ८४ लाख कित्ता सेयर बिक्रीपछि १० अर्ब ८७ करोडको कारोबार भएको हो।

आइतबार १०४ वटा सेयर हरियो हुँदा १४१ वटा राताम्य छन्। आज सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका सेयरधनीले कमाएका छन्।

दुवै कम्पनीको सेयर समान ९.९९ प्रतिशतले बढेको हो। यसबाहेक भूगोल इनर्जी डेभलपमेन्ट, ङादी ग्रुप पावर र सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले पनि क्रमशः ७.६३, ७.५५ र ७.१९ प्रतिशत कमाएका छन्।

तर विन नेपाल लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। १० प्रतिशतले मूल्य घटेपछि लगानीकर्ताले प्रतिकित्ता नै ३०५.७१ रुपैयाँ गुमाउनुपरेको हो।

यसबाहेक नारायणी डेभलपमेन्ट बैंक, अपर सोलु हाइड्रोलगायतको पनि सेयर मूल्य घटेको छ।

यस दिन सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावरको भएको छ। कम्पनीको ८६ करोडको किनबेच भएको छ। त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेनटको पनि ५६ करोड ३८ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। त्यस्तै राधी जलविद्युत् आयोजनाको पनि ५६ करोडकै कारोबार भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको