सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
Manbir Rai Ry55fd9lg1

April 28, 2025, Jyotishsanchar press

नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-८० र २०८०-८१ पेस गरेका हुन्।

संविधानको धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ।

यसअघि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपतिसमक्ष ती प्रतिवेदन पेस गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको