कैलाली । टीकापुर नगरपालिका-१ नयाँ टीकापुर बस्ने ४३ वर्षीय लालबहादुर थापाको खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा लालबहादुरसमेत ९ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ७ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित पोखरा होम्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१ बगर बस्ने ५२ वर्षीय सुकबहादुर श्रेष्ठसमेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ सय रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

