राष्ट्रपति द्वारा नवनिर्वाचित सभामुख अर्याललाई सपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

अर्यालले सपथ ग्रहण गरेपश्चात सिंहदरबार स्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ र निष्पक्ष हुने प्रतिबद्धता व्यक्त गरे। उनले संसद सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा चलाउनुपर्ने बताउँदै विशेषगरी प्रतिपक्षको भूमिकालाई महत्वपूर्ण रूपमा हेर्ने उल्लेख गरे।

उनले भने, “सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्छ, त्यसैअनुसार काम गर्नेछु। यसपटकको सबैभन्दा बलियो प्रतिपक्ष जनता नै हुन्।”

अर्यालले संसदलाई कानून निर्माण गर्ने मुख्य थलोका रूपमा व्याख्या गर्दै मुलुक र जनताको आवश्यकताअनुसार प्रभावकारी कानून निर्माणमा अग्रसर रहने बताए। साथै कानूनी संरचना निर्माण र त्यसको कार्यान्वयनमा पनि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको