कांग्रेसद्वारा संविधान संशोधन सुझाव समिति विस्तार, पुष्पा भुसाल संयोजक

काठमाडौं— नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठन गरेको समितिलाई पूर्णता दिएको छ। उपसभापति पुष्पा भुसाल को संयोजकत्वमा रहेको यस समितिमा पार्टीले विभिन्न वरिष्ठ अधिवक्ताहरूलाई समावेश गरेको छ।

समितिका सदस्यहरूमा राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी र ललितकुमार बस्नेत रहेका छन्।

यस समितिले संविधान संशोधनसम्बन्धी सुझावहरू संकलन गरी पार्टी नेतृत्वसमक्ष प्रतिवेदन पेश गर्नेछ।

यसै क्रममा कांग्रेस नेता धनराज गुरुङ ले पार्टी एकतामा जोड दिएका छन्। उनले असन्तुष्ट पक्षलाई एकजुट भई आगामी महाधिवेशनमा केन्द्रित हुन आग्रह गर्दै जनताले पार्टीका गतिविधिहरू नजिकबाट नियालिरहेको बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको