वैशाख १५ देखि रास्वपाले जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संगठन विस्तार तथा सुदृढीकरणलाई तीव्रता दिने उद्देश्यसहित उक्त निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाले बैठकले जिल्ला अधिवेशनको कार्यतालिका समेत तय गरेको जानकारी दिनुभयो। साथै, भोलिका लागि केन्द्रीय समिति बैठक आह्वान गरिएको छ, जसका एजेण्डा तय गर्न सचिवालय बैठक अपराह्न ३ः३० बजे बस्ने जनाइएको छ।

बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, संसदीय दलका लागि प्राविधिक सहयोग तथा लेवीसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको