काठमाडौँ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ का अवसरमा मन्त्री डॉ. विक्रम तिमिल्सिनाले डिजिटल नेपाल निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले सुरक्षित र दिगो डिजिटल प्रणाली विकासलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।
सरकारले एआई नीति, साइबर सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी सुधारलाई अगाडि बढाइरहेको छ। साथै, डेटा सेन्टर सुदृढीकरण, ब्रोडब्यान्ड विस्तार र स्टार्टअप प्रवर्द्धनमा पनि जोड दिइएको छ।
मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरण सरकार मात्रको प्रयासले सम्भव नहुने उल्लेख गर्दै निजी क्षेत्र, शैक्षिक संस्था र नागरिकलाई सहकार्यका लागि आह्वान गरेका छन्।

