मेची भन्सारद्वारा १३ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन

काठमाडौँ । मेची भन्सार कार्यालयको राजश्व संकलन चालु आर्थिक वर्षको चैतसम्म १३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यो कुल लक्ष्यको ६९.८३ प्रतिशत मात्र हो।

कार्यालयका अनुसार प्रत्येक महिनामा औसत एक अर्बभन्दा बढी राजश्व उठिरहेको छ। फागुनमा सबैभन्दा बढी १ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको छ भने चैतमा पनि लक्ष्य नजिक पुग्ने गरी १ अर्ब ६० करोड रुपैयाँ उठाइएको छ।

वार्षिक लक्ष्य पूरा गर्न आगामी महिनाहरूमा संकलन दर अझ बढाउनुपर्ने देखिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको