काठमाडौँ । काठमाडौँ उपत्यकामा बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य निरन्तर जारी रहेको छ।
सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको समन्वयमा शनिबार पनि बालाजु क्षेत्रमा विष्णुमति र धोबीखोला किनारका घरटहरा हटाइएको छ।
अधिकारीहरूका अनुसार स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क र देवीनगर क्षेत्रमा अवैध संरचना हटाउने अभियान अघि बढिरहेको छ। हालसम्म उपत्यकामा करिब दुई हजार अवैध घरटहरा हटाइसकिएको जनाइएको छ।

