प्रचण्डको भनाइ: क्रान्तिको सपना अझै अधुरो, कम्युनिस्ट एकतामा जोड

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजकसमेत रहेका उनले मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर क्रान्तिको लक्ष्य हासिल गर्नुपर्ने बताएका हुन्।

उनले पछिल्ला उपलब्धिलाई संस्थागत गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। प्रचण्डका अनुसार समाजवादको यात्रालाई अगाडि बढाउन विभिन्न कम्युनिस्ट समूहलाई एकतामा ल्याउने प्रयास भइरहेको छ र बाँकी शक्तिहरूलाई पनि समेटेर अघि बढिनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको