काठमाडौँ । रामचन्द्र पौडेल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्।
यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक पनि उनले यही कारण देखाउँदै फिर्ता गरेका थिए। अहिले पनि सोही विषय उठाएर पुनः पुनर्विचारका लागि फिर्ता गरिएको हो।
यसैबीच, उनले करिब दुई तिहाई नजिकको सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन्। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वसँगको छलफलमा निजी क्षेत्रले भोगिरहेका समस्याबारे जानकारी गराइएको पनि उनले बताएका छन्।

