नक्कली सुकुम्वासीमाथि कारबाही गर्न हर्क साम्पाङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

आज काठमाडौँको थापाथलीस्थित हटाइएको सुकुम्वासी बस्तीमा पुगेका उनले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीन सुकुम्वासीहरू समस्यामा परेको बताए। सुकुम्वासीको नाममा सरकारी जग्गा ओगटेर भाडामा लगाउने प्रवृत्ति रोक्न आवश्यक रहेको उनको भनाइ छ।

साम्पाङले बस्ती हटाउनुअघि नै वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्नेमा जोड दिए। पहिचान नगरी एक्कासी डोजर प्रयोग गर्दा वास्तविक पीडित थप मारमा परेको उनले उल्लेख गरे।

गरिब नागरिकलाई विस्थापित गर्ने कार्य उचित नभएको भन्दै उनले प्रभावित परिवारका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको