नेपाली कांग्रेस संसदीय दलको समन्वय बोर्डको पहिलो बैठक भोलि बस्ने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलअन्तर्गत नवगठित संसद समन्वय बोर्डको पहिलो बैठक भोलि बस्ने भएको छ।

बैठक ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ।

संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन गरिएको उक्त बोर्डको यो पहिलो औपचारिक बैठक हुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको