काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन्।
यसअघि अघिल्लो साता मन्त्रिपरिषद्ले सिफारिस गरेको सोही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो।
सोही दोस्रो सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आज उक्त अध्यादेश जारी गरेका हुन्।

