पहिरो जोखिम बढेपछि खुर्कोट–नेपालथोक खण्डमा राति गाडी चलाउन रोक

काठमाडौँ । प्रि–मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा भइरहेको भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ।

प्रशासनद्वारा जारी सूचनाअनुसार २०८३ वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन तथा स्थानीय सुरक्षा निकायहरूसँगको समन्वयमा उक्त निर्णय गरिएको हो। प्रशासनले मौसमको अवस्था हेरी अन्य समयमा पनि आवश्यक परे सवारी आवागमन रोकिन सक्ने जनाएको छ।

यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रशासनले सर्वसाधारणलाई आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC) सिन्धुलीसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको