काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक भोलि बिहीबार दिउँसो ५ बजे बस्ने तय भएको छ।
सरकारले हालै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उक्त बैठक बोलाइएको हो। अध्यादेशअनुसार परिषद्का ६ सदस्यमध्ये ३ जनाले पनि निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ।
प्रधानन्यायाधीशसहित विभिन्न महत्वपूर्ण पद रिक्त रहेकाले बैठकमा ती पदमा नियुक्ति गर्ने विषयमा छलफल हुने जनाइएको छ।

