काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म छलफल कार्यक्रम तय गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले उक्त परामर्श बैठक आयोजना गरेको हो।
कार्यदलका सदस्य–सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधन सम्बन्धी सुझाव सङ्कलन गरिनेछ।

