प्रधानमन्त्री बालेन शाहद्वारा काग तिहारको शुभकामना, पशुपन्छीसँगको आत्मीयता चाडपर्वको सुन्दर पक्ष भएको भनाइ

काठमाडौँ ।  प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता नेपाली चाडपर्वहरूको सुन्दर पक्ष रहेको बताएका छन्। काग तिहारको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले कागलाई यमराजको दूतका रूपमा सम्मान गर्ने नेपाली परम्पराको चर्चा गरेका छन्।

उनले कागलाई मीठा परिकार खुवाएर शुभ सन्देशको कामना गर्ने परम्पराले हाम्रो मौलिक संस्कृति झल्काउने उल्लेख गरेका छन्। साथै, भोलि मनाइने कुकुर तिहारमा मानिसको विश्वासिलो र वफादार साथी कुकुरप्रति प्रेम तथा कृतज्ञता व्यक्त गर्नुपर्ने बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको