काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरणसम्बन्धी विधेयकको मस्यौदामा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ ।
आयोगले नयाँ निर्वाचन ऐनबारे छलफल गर्न दलहरूलाई भोलि बिहान ११ः३० बजे आयोगको कार्यालयमा उपस्थित हुन आग्रह गरेको जनाएको छ ।
सात वटा छुट्टाछुट्टै ऐनलाई एकीकृत गर्दै आयोगले २०८० असार १८ गते नै विधेयकको मस्यौदा सरकारलाई पठाएको थियो । तर उक्त मस्यौदा लामो समयदेखि गृह मन्त्रालयमै रोकिएको छ ।

