स्वास्थ्य बिमा कार्यक्रम पुनःसंरचना गर्ने

काठमाडौँ । सरकारले महामारी नियन्त्रण, मानसिक स्वास्थ्य र नसर्ने रोग रोकथामलाई प्राथमिकतामा राख्दै नयाँ स्वास्थ्य नीति सार्वजनिक गरेको छ ।

राष्ट्रपति Ramchandra Paudelले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने उल्लेख छ ।

क्यान्सर तथा नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र स्वस्थ जीवनशैलीमा आधारित रणनीति लागू गरिने जनाइएको छ ।

साथै मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा विकास गर्दै योग, ध्यान र सामुदायिक स्वास्थ्य कार्यक्रमलाई विस्तार गरिने नीति पनि समावेश गरिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको