काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् अवरोध गरेका छन्।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई समय दिएपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन्।
विपक्षी सांसदहरूले टेबुल ठोक्दै “प्रधानमन्त्री चाहियो” भन्ने नारासहित सदन अवरुद्ध गरेका छन्। सभामुख अर्यालले सांसदहरूलाई आफ्नो कुरा सुन्न आग्रह गरिरहेका छन्।
यसक्रममा विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामासमेत माग गरेका छन्।

