काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बाेलाइएकाे छ ।
अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक शनिबार बस्न लागेकाे हाे । बैठक बस्ने स्थान चाहिँ तय भइनसकेको पार्टीका एक नेताले जानकारी दिए ।
ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकिएको थियो। गत चैत २६ गते रिहा भए पनि स्वास्थ्यका कारण ओली पार्टी काममा फर्कन सकेका छैनन् ।

