काठमाडौँ । नेकपा (एमाले)को आज बस्ने तय भएको सचिवालय बैठक स्थगित गरिएको छ।
आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बस्ने भनिएको बैठक स्थगित गरिएको कार्यालय सचिव डा. भिष्मराज अधिकारीले जानकारी दिए। बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन।
उनका अनुसार अब बैठक सोमबार पुनः ओली निवास गुण्डुमै बस्नेछ।
बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा, आगामी रणनीति तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने तयारी रहेको थियो।

