‘मुलुक निर्वाचित अधिनायकवादतर्फ जान खोज्दैछ’ : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राजनीति निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन् ।

३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गर्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता औँल्याए ।

उनले नयाँ सरकार गठन भएको करिब ५० दिन पुग्न लाग्दा सरकारको कार्यशैलीले भविष्यको संकेत दिइसकेको बताए । ज्ञवालीले ट्रेड युनियन र स्ववियु खारेज गर्न खोजिएको, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रयास भएको तथा सुकुमवासीमाथि ‘डोजर आतंक’ मच्चाइएको आरोप लगाए ।

त्यस्तै, श्रमजीवी वर्गलाई दिइएका सामाजिक सुरक्षाका सुविधा क्रमशः कटौती गरिँदै गएको र संसद्, राष्ट्रपति तथा न्यायालयजस्ता निर्वाचित संस्थाहरूको अवमूल्यन भइरहेको उनको भनाइ थियो ।

उनले समग्र परिस्थिति हेर्दा मुलुक निर्वाचित अधिनायकवादतर्फ धकेलिन खोजेको जस्तो देखिएको टिप्पणी गरे ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको