विशेष महाधिवेशनबाट छुटेका नेतालाई सम्मानजनक जिम्मेवारी दिने थापाको घोषणा

काठमाडौँ । Gagan Kumar Thapa ले नेपाली कांग्रेसभित्र समावेशी नेतृत्वको अभ्यासलाई प्राथमिकता दिने बताएका छन् ।

आज आयोजित एक कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनपछि अवसरबाट वञ्चित भएका नेताहरूलाई पार्टीको केन्द्रीय संरचनामा समेट्ने योजना रहेको जानकारी दिए ।

उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित धेरै नेता हाल पार्टीको जिम्मेवारीभन्दा बाहिर रहेकाले उनीहरूलाई उपयुक्त भूमिका दिएर सँगै काम गरिनेछ । उनले वरिष्ठ नेतादेखि विभिन्न समितिसम्म योग्यताअनुसार जिम्मेवारी बाँडफाँट गरिने स्पष्ट पारे ।

सभापति थापाले १५औँ महाधिवेशनको तयारी तीव्र बनाइएको उल्लेख गर्दै निर्वाचन समिति, सदस्यता जाँचबुझ समिति र अनुशासन समितिमा समेत आवश्यकता अनुसार थप सदस्य राख्न सकिने बताए । उनले पार्टीभित्र गुट वा पक्षका आधारमा अवसर नदिइने पनि स्पष्ट गरे ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको