गुण्डुमा बस्दै एमाले सचिवालय बैठक, स्थानीय निर्वाचन रणनीतिमा केन्द्रित छलफल

काठमाडौँ । Communist Party of Nepal (Unified Marxist–Leninist) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष K. P. Sharma Oli को गुण्डुस्थित निवासमा आयोजना हुने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।

यसअघि शनिबारका लागि तय गरिएको बैठक तयारी अपुग भएको भन्दै सोमबारका लागि सारिएको थियो । पार्टीको ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन हुन नसकेको अवस्थामा आजको बैठक मुख्य रूपमा जिम्मेवारी बाँडफाँडमा केन्द्रित हुने बताइएको छ ।

पार्टीका एक पदाधिकारीका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई पालिका तहको इन्चार्ज बनाएर पठाउने तयारी गरिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने उद्देश्यसहित यस्तो योजना अघि सारिएको हो ।

त्यसैगरी, केन्द्रीय विभाग तथा विभिन्न निकायमा पनि नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने तयारी रहेको जनाइएको छ । बैठकले गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

बैठकमा सरकारद्वारा हटाइएका सुकुम्बासीको व्यवस्थापन, सरकारका पछिल्ला गतिविधि तथा त्यसले जनतामा पारेको प्रभावबारे समेत छलफल हुने एमाले नेताहरूले बताएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको