चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित

काठमाडौँ । चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् ।

आइतबार राति सार्वजनिक मतपरिणामअनुसार केसीले २१६ मत प्राप्त गर्दै अध्यक्ष पद जितेका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । कुल ३५६ मत खसेको निर्वाचनमा अन्य पदहरूमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् भने उपाध्यक्षमा शिवहरि बैरागी १४६ मतसहित निर्वाचित भएका छन् । महासचिवमा सुनील कटुवालले १९५ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । सचिवमा गोपाल ढकाल २१४ मतसहित विजयी भए ।

त्यस्तै, कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मत र सहकोषाध्यक्षमा पवन केसी १६१ मतसहित निर्वाचित भएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको