सुरक्षा निकायका पेट्रोल पम्पबाटै एलपी ग्यास पनि बिक्री गर्ने तयारी

काठमाडौँ । सरकारले सुरक्षा निकायले सञ्चालन गर्दै आएका पेट्रोलियम पदार्थ बिक्री केन्द्रबाट एलपी ग्याससमेत बिक्री वितरण गर्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनसम्बन्धी कार्यक्रममा यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको हो।

उहाँले मुलुकमा ग्यास आपूर्ति असहज भएको अवस्थामा सुरक्षा निकायका आउटलेटमार्फत वितरण गर्न सकिने गरी तयारी भइरहेको बताउनुभयो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको उल्लेख गर्दै उहाँले ती आउटलेटमा ग्यासको व्यवस्था गर्दा आपत्कालीन अवस्थामा आपूर्ति सहज हुने बताउनुभयो।

सम्भावित एलपी ग्यास अभावलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी भइरहेको सचिव तामाङको भनाइ छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको