विदेश पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा भक्तपुरबाट पक्राउ

भक्तपुर । वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–३ का ३७ वर्षीय सरोज मल्लले एक जना पीडितलाई साइप्रसमा आकर्षक तलबको रोजगारी लगाइदिने भन्दै ९ लाख ५० हजार रुपैयाँ लिएका थिए।

रकम लिएपछि सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मल्ललाई चाँगुनारायण–३ बाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको