सांसदहरूको सरकारलाई ध्यानाकर्षण, सुकुमवासीदेखि पाथीभरा केबुलकारसम्मका विषय उठे

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विकास निर्माण, सुकुमवासी समस्या, महँगी तथा रोजगारीलगायत विषय उठाएका हुन् ।

सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूको दैनिकी कष्टकर बनेको भन्दै त्यहाँ रहेका बालबालिकाको शिक्षामा विशेष ध्यान दिन सरकारसँग माग गरिन् । उनले गरिबी अन्त्य गर्ने नीति आवश्यक रहेको उल्लेख गर्दै सुकुमवासीका समस्या सम्बोधन गर्न आग्रह गरिन् ।

सांसद शम्भुप्रसाद ढकालले देशका विभिन्न स्थानमा भएका आत्महत्याका घटनामा व्यक्तिलाई आत्महत्यातर्फ धकेल्नेहरूमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरे ।

त्यस्तै, सांसद क्षितिज थेबेले पाथीभरा केबुलकार निर्माणबारे सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने बताए । उनले उक्त परियोजनाबारे सरकार मौखिक रूपमा मात्रै काम रोकिएको बताइरहेको भन्दै आयोजना अगाडि बढ्ने हो वा रोकिने भन्ने विषयमा स्पष्ट जवाफ माग गरे ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको