काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
मंगलबार बसेको समिति बैठकमा उनको सुनुवाइ प्रक्रिया पूरा भएपछि नाम अनुमोदन गरिएको हो। अब शर्माले राष्ट्रपतिबाट शपथ लिएपछि सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन्।
प्रधानन्यायाधीशको रूपमा उनले ६ वर्ष कार्यकाल सम्हाल्नेछन् र २०८९ वैशाखसम्म सर्वोच्च अदालतको नेतृत्वमा रहनेछन्।
शर्माले नेपाल ल क्याम्पस, काठमाडौँबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि (PhD) समेत गरेका छन्।

