प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक पेश

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत गरेकी छन् ।

मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ सभामा पेश गरेकी हुन् । ती विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्ने तय भएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको