अनशनरत रूबी खानसँग सरकारको सम्झौता, छानबिन र सुरक्षामा जोड

काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारबीच मङ्गलबार पाँचबुँदे सहमति भएको छ ।

सहमतिपछि खानले अनशन तोड्नुभएको हो ।

नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा जारी अनशनका क्रममा सरकारका तर्फबाट विशेष वार्ता टोली खटाइएको थियो ।

टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले तथा प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहाल सहभागी हुनुहुन्थ्यो ।

सहमतिअनुसार निर्मला कुर्मीसम्बन्धी मुद्दाको हालसम्मको अनुसन्धान अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लैजाने प्रतिबद्धता सरकारले जनाएको छ ।

साथै, अन्य घटनाको छानबिन लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गराइने र कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीमाथि कारबाही गरिने उल्लेख गरिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको