संविधान संशोधन बहसपत्रबारे कार्यदलले दलहरूसँग छलफल सुरु

काठमाडाैं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने उद्देश्यले गठित कार्यदलले विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल सुरु गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बनेको कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो।

कार्यदलले संविधान संशोधन बहसपत्रसम्बन्धी सुझाव सङ्कलन गर्ने उद्देश्यले यो छलफल अघि बढाएको बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको