काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यका चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने बताएका छन्।
आज पूर्वसांसद मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना र असान्दर्भिक कानुनको संशोधन वा खारेजी तथा प्रविधिमैत्री नयाँ कानुन निर्माण अहिलेको प्रमुख विधायकी जिम्मेवारी भएको उल्लेख गरे।
उनका अनुसार अनुभवी, वर्तमान र नयाँ पुस्ताबीच समन्वय गरेर अघि बढे मात्रै देश जनअपेक्षाअनुसारको र बस्नलायक बन्न सक्छ।
उनले भने, “अत्यन्तै असुरक्षित मानिने दुईपाङ्ग्रे सवारीका लागि १८ वर्ष र तुलनात्मक रूपमा सुरक्षित चारपाङ्ग्रेका लागि २१ वर्षको उमेर हद तोकिनु आफैँमा विरोधाभासपूर्ण छ। कतिपय अवस्थामा कानुन बनाइन्छ तर त्यसको व्यावहारिक पक्ष र सामाजिक चेतनालाई ध्यान दिइँदैन।”
सभामुख अर्यालले कानुन निर्माण गर्दा व्यवहारिकता र प्रविधिको विकासलाई समेत ध्यान दिनुपर्नेमा जोड दिए।

