कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडाैं । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव गरेपछि सभामुख अम्बरबहादुर विष्टले सर्वसम्मत स्वीकृत गर्दै छलफल अघि बढाएका हुन्।

छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रमको कार्यान्वयन, बजेट विनियोजन, रोजगारी, पर्यटन, कृषि तथा पूर्वाधार विकासजस्ता विषयमा मिश्रित धारणा राखेका छन्। केही सदस्यले कार्यान्वयनयोग्य नहुने र सरोकारवालासँग पर्याप्त छलफल नगरी ल्याइएको भन्दै आलोचना गरे भने केहीले यसलाई विकासोन्मुख प्रदेशको मार्गचित्रका रूपमा स्वागत गरेका छन्।

यसैबीच ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३’ पनि बैठकबाट स्वीकृत भएको छ। प्रदेशसभाको अर्को बैठक जेठ ११ गते दिउँसो १ बजे बस्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको