मुख्यमन्त्री पाण्डे: विश्व परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्ने

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बदलिँदो विश्व राजनीतिक परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन्।

गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तक्र्रियामा बोल्दै उनले शक्ति राष्ट्रबीचको द्वन्द्वले विश्वको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा प्रत्यक्ष प्रभाव पारिरहेको उल्लेख गरे।

मुख्यमन्त्री पाण्डेले राष्ट्रिय हित संरक्षणका लागि सबै नेपाली एकताबद्ध हुन आवश्यक रहेको बताउँदै देशले आर्थिक, सामाजिक तथा राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गणेशमान सिंहको योगदानबारे चर्चा गर्दै वक्ताहरूले उहाँको त्याग, समर्पण र प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको भूमिकालाई प्रेरणादायी रहेको उल्लेख गरेका थिए। कार्यक्रममा विभिन्न जिल्लाका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको