काठमाडाैं । पर्सा प्रहरीले हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथिको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार प्रतिवेदन आज पेश गरिएको हो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुर अन्तर्गत अभियोग दायर गर्न राय दिएको जनाएको छ ।
प्रसाईंलाई जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो । विभिन्न युट्युब च्यानल तथा वीरगन्जमा दिएका अभिव्यक्तिलाई आधार बनाएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उनले महिलामाथि अपमानजनक अभिव्यक्ति दिएको तथा सेना र प्रहरीजस्ता राज्यका निकायप्रति होच्याउने टिप्पणी गरेका थिए ।

