काठमाडाैं । नेकपा (एमाले)ले जनतासँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने भएको छ।
गत निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा आएपछि पार्टीले संगठनलाई पुनः जनतामाझ सक्रिय बनाउने लक्ष्यसहित अभियान अघि बढाउन लागेको हो।
एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय प्रतिनिधिको संयोजनमा पालिकाकेन्द्रित रूपमा अभियान सञ्चालन गरिने जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यले केन्द्रीय प्रतिनिधिको संयोजनमा पालिकाकेन्द्रित ‘मिसन पार्टी जागरण’ सञ्चालन गरिनेछ।”

