लुम्बिनी सरकारको नेतृत्वमा कांग्रेसको दाबी, मन्त्री फिर्ता नबोलाउने निर्णय

काठमाडाैं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले पूर्वसमझदारीअनुसार प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ।

दलको बैठकले सरकारको नेतृत्व नपाउँदासम्म हाल सरकारमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता नबोलाउने निर्णय पनि गरेको छ। बैठकमा सहभागी एक मन्त्रीका अनुसार पार्टी केन्द्रलाई तीन दिनभित्र पूर्वसहमति कार्यान्वयनका लागि पहल गर्न आग्रह गर्ने निर्णय गरिएको छ।

हाल लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेका चेतनारायण आचार्यले गरिरहेका छन्। २०८१ साल साउन ७ गते आचार्य मुख्यमन्त्री नियुक्त हुँदा एमाले र कांग्रेसबीच गत चैतसम्म एमालेले नेतृत्व गर्ने तथा त्यसपछिको बाँकी कार्यकाल कांग्रेसले नेतृत्व गर्ने सहमति भएको बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको