विदेशमा रहेका नेपालीको सहयोगका लागि ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक

काठमाडाैं । विदेशमा रहेका नेपाली नागरिकको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरेको छ।

कन्सुलर सेवा विभागद्वारा विकसित उक्त एप आज आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो। एपको औपचारिक शुभारम्भ परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए।

मन्त्रालयका अनुसार एप सञ्चालनमा आएपछि विदेशमा समस्या वा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरूले सिधै कन्सुलर सेवा विभाग वा विदेशस्थित नेपाली नियोगमा आफ्ना गुनासा तथा सहायता अनुरोध दर्ता गर्न सक्नेछन्।

यस प्रणालीमार्फत कन्सुलर सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी, प्रभावकारी र सहज पहुँचयुक्त बनाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको