प्रधानमन्त्री शाहको संसद् उपस्थितिबारे संवाद भइरहेको छ : सभामुख अर्याल

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित गराउने विषयमा निरन्तर संवाद भइरहेको बताएका छन्। साथै, प्रधानमन्त्रीको उपस्थितिको मिति चाँडै तय हुने जानकारी पनि आफूले पाएको उनले बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै अवरोध जारी राखेपछि सभामुख अर्यालले सरकार र प्रधानमन्त्री यस विषयमा जानकार रहेको स्पष्ट पारे।

उनले भने, “प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेको छ। उहाँ संसद्मा आउने तयारीमा हुनुहुन्छ। सदनमा उठेका विषयबारे प्रधानमन्त्री र सरकार दुवै जानकार छन्। यहाँहरूले उठाउनुभएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ, अब कार्यसूची अघि बढाऔं।”

तर विपक्षी दलहरूले पुनः प्रधानमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले सत्तापक्षका मुख्य सचेतकबाट प्राप्त जानकारी उद्धृत गर्दै प्रधानमन्त्रीले छिट्टै सदनमा उपस्थित भएर सांसदहरूको जिज्ञासाको सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

सभामुख अर्यालले प्रधानमन्त्रीको संसद् उपस्थितिको मिति पनि चाँडै तय हुने बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको