कर्णाली मन्त्रिपरिषद्का ६ निर्णय, विभिन्न नियमावली र विधेयकलाई स्वीकृति

काठमाडाैं । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्वपूर्ण निर्णय गरेको छ।

प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार आज बिहान बसेको बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको हो।

बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णयसमेत गरेको छ। साथै, योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।

त्यस्तै, कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा अवधारणापत्रलाई पनि सैद्धान्तिक स्वीकृति दिइएको छ।

मन्त्रिपरिषद्ले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएका बाधा–अड्काउ फुकाउन आदेश जारी गर्ने तथा कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता शाहले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको