आज बजेट सार्वजनिक हुँदै : आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेटलाई आर्थिक सुधार र रूपान्तरणको सुरुआती बिन्दुका रूपमा हेरिएको छ ।

सरकारले उपभोग र लगानी बढाउँदै आगामी सात वर्षभित्र नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ । त्यसका लागि कर प्रणालीलाई समयानुकूल बनाउने, व्यक्तिगत आयकर सीमा बढाउने तथा सार्वजनिक खर्चलाई प्रभावकारी बनाउने तयारी गरिएको छ ।

राजस्व संकलन लक्ष्य लगातार कमजोर बन्दै गएको अवस्थामा सरकारले आन्तरिक ऋण र वैदेशिक सहायतामार्फत बजेट व्यवस्थापन गर्ने रणनीति लिएको देखिन्छ । स्रोतका अनुसार यस वर्षको बजेट २२ खर्बदेखि साढे २२ खर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको