आज संघीय संसद्का दुवै सदनको बैठक, राष्ट्र बैंक संशोधन विधेयक पेस हुँदै

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज (जेठ १७) बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान ११:१५ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभाको बैठकमा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने तथा विधेयक पेस गर्ने कार्यक्रम तय गरिएको छ।

बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ र बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि पेस गरिनेछ। उक्त प्रस्ताव युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको