काठमाडाैं । प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मको लागि स्थगित भएको छ । सीमा विवाद बारेको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री बालेनले संसद्मा आएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएकाे हाे ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ नआएसम्म सदनको कारबाही अगाडि नबढाउन आग्रह गरे ।
त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक अघि बढाउन खाेज्दा विपक्षी सांसदले वेलमा गएर नाराबाजी गरेका थिए । नाराबाजीपछि सभामुखले जेठ २५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

